हाम्रो मिशन

लक्ष्य तथा दुरदृष्टि

स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा समूहमा कम्तिमा स्नातक गरेका सदस्य हुन पाउने यस संघ २०७० मा  गठन भएको हो। नेपालभरका स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा समूहको हक हितको संरक्षण सम्बर्धन गर्दै प्रत्येक नेपाली नागरिकको  गुणस्तरीय स्वास्थ्यमा सर्वव्यापी पहुचको सुनिश्चितमा टेवा पुर्याउने मुख्य उद्देश्यले यो संघ गठन गरिएको हो। स्वास्थ्य प्रवद्र्घन मानिसको उच्चतम स्वास्थ्य प्राप्त गर्न आम नागरिकलाई नै सक्षम बनाउने र उनीहरुको स्वास्थ्य उनीहरुको नियन्त्रणमा रहनु पर्छ भन्ने मान्यता राख्दछ।